बहिनी नाता पर्नेसँग प्रेमपछि जेल, उसैसँग अचारको डब्बामा विष मगाएर देहत्याग


काठमाडाैं- कैलालीको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक बिककाे उनकै बहिनी नाता पर्ने  १४ वर्षीया किशोरीसँग माया बस्याे । दाजुबहिनीबीचको प्रेम सम्बन्धबारे परिवारले २०८० को फागुनमा  थाहा पाए । त्यो बेला किशोरीको पेटमा ३ महिनाको गर्भ थियो । दाजुबहिनीको अनुचित सम्बन्धलाई लिएर उनीहरुको परिवारमा तनाव सिर्जना भएको थियो ।

परिवारले आफूहरुलाई  छुट्याउन थालेको थाहा पाएपछि उनीहरु भागेर भारत जान्छन् । केही समय उतै बसेपछि परिवारका सदस्यहरुले उनीहरुलाई बिहे गरिदिने भन्दै फकाएर नेपाल ल्याउँछन् ।

तर धाेका…

उनीहरू नेपाल पुगेपछि परिवार भने आफ्नो बाचाबाट पछाडी हट्छ । दिपकका विरुद्ध किशाेरीलाई बलात्कार गरेको र हाडनाता करणीको आरोपमा ईप्रका सुखडमा मुद्दा दर्ता गरिन्छ । भने,  किशाेरीकाे गर्भपतन गराइन्छ । त्यसपछि पक्राउ परेका दिपक दिपकलाई  २०८० को फागुन ३ गते जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि कैलाली कारागार पठाउँछ ।

तर, पनि उनीहरूबीचकाे प्रेम सकिँदैन । किशाेरी दिपकलाई भेट्न बारम्बार कारागार पुगिरहन्छिन् । कारागारको भेटघाट रजिष्टरको विवरण हेर्दा कारागारमा आएको तेस्रो दिनदेखि प्रेमिका दिपकलाई भेटन आउन सुरु गरेकी छिन् ।

त्यसपछि मगाए प्रेमिकासँग  विष 

किशोरीको पेटमा रहेको गर्भ पतन, अर्कोतिर दिपकको कारगार बसाई र आफूहरुका कारण पारिवारिक बिग्रह सिर्जना भएको विषयमा दुवै जना चिन्तित थिए । यी कुराले दुवै जना सँगसँगै मर्ने निष्कर्षमा पुगेका थिए । दिपकले  किशोरीलाई बाहिरबाट विषादी किनेर कारागारमा ल्याउन भनेका थिए ।

२६ भदौमा दिपकलाई भेट्न कैलाली कारागार पुगेकी प्रेमिकाले सोही दिन सलपास उनलाई दिइन् । त्यो दिन उनी तीन जाेर कपडा र एउटा अचारको प्लाष्टिकको डब्बा लिएर कारागार भेट्न गएकी थिइन् । उनले आचारको प्लाष्टिकको डब्बाभित्र पिँधमा प्लाष्टिकमै बाँधेर सलपास दिपकलाई दिएकी थिइन् ।

साेही सलपास सेवन गरेर दिपक विकले सोमबार अपरान्ह आत्महत्या गरेका थिए । बोल्ने अवस्थामै कारागारमा भेटिएका उनको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनले ३७ पन्ने सुसाइड नोट लेखेर देहत्याग गरेकाे खुलेकाे छ ।

यस्ताे छ ‘सुसाइड नोट’ 

उनले ‘सुसाइड नोट’मा आफ्नो हातबाट गल्ती भएको र मर्नुको विकल्प नदेखेको भन्दै बुवा–आमा र आफन्तहरुसँग माफी मागेका छन । ‘मलाई हजुरहरुको माया नभएको त होइन, माया त कति छ कति तर समय यस्तो आयो कि मैले केही सोच्नै सकिन । किन म यस्तो बाटो हिँडेछु भनेर ’ उनले लेखेका छन्

दिपकले किशाेरीका बुवाका कारण दुवै जनाले सहमतिमा मृत्युको बाटो रोजेको उल्लेख गर्दै अब अर्को जुनीमा रमाउने कुरा समेत नोटमा लेखेका छन् ।  आफू कारागार चलान भएपछि प्रेमिकाको ठूलो खुसी खोसिएको र तनावका कारण कुनै निर्णय लिन नसक्दा मृत्युसँग लडिरहेकी तर अब भने दुवैजना कसैको जिन्दगीको बाधक नबने भन्दै मृत्युको बाटो रोजेको कुरा सुसाइड नोटमा उल्लेख छ । उनले आमालाई आफ्नो ठूलो फोटो बनाएर आफ्नो कोठामा राख्न र नबिर्सन पनि लेखेका छन् ।

‘ममाथि केस चलेपछि विचरी सानीको सबै चाहाना, ठूलो खुसी खोसिएको थियो । अर्को खुसी पनि खोसियो हाम्रो बच्चा । टेन्सेनले केही डिसिजन लिन नसक्ने सानीले सही र गलत सोच्न सकिन । बाँचेपनि मृत्युसँग लडिरहेकी थिइ् । हारियो जिन्दगीको लडाइँ । त्यसैले अब बाच्नु भन्दा मर्न बेस’ उनले लेखेका छन्,  ‘हामी इज्जत फिर्ता दिन सक्दैनौँ । बरु मुक्ति दिन सक्छौँ । जिन्दगीमा अरुको तगारो बन्नु भन्दा पनि साइड लाग्न बेश । हामी हजुरहरुको जिन्दगीमा बाधक हुदैनौँ ।’

मृतक दिपकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । भने, प्रेमिका प्रहरीको हिरासतमा छिन् । उनले अचारको डब्बामा सलपास ल्याएको र एकैदिन मर्ने भनी योजना बनाएको बयान दिएकी छिन् ।

प्रतिक्रिया