चार सचिवको सरुवा, को-कहाँ ?


काठमाडौं – सरकारले चार जना सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई कृषि मन्त्रालयमा सरुवा गरेको छ । कृषिमा रहेका दीपककुमार खनाललाई भने वन मन्त्रालयमा लगिएको छ ।

यसै गरी उर्जा सचिव गोपाल सिग्देललाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । त्यहाँका सुरेश आचार्यलाई भने उर्जा मन्त्रालयमा लगिएको छ ।

बैठकले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा गरेको छ भने केही सह सचिवको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया