‘लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भनेर भ्रम फैलाए’


काठमाडौं-  रास्वपाका निकालिएका महामन्त्री डा मुकुल ढकालले सहकारी ठगी प्रकरणमा दोषी ठहर भएका रवि लामिछानेले जनतालाई झुक्याएको दाबी गरेका छन् ।

सोमबार सहकारी छानबिन गर्न गठित समितिले लामिछानेसहित ९ जनालाई कारबाहीका लागि सिफारिस गरेको थियो । तर, रास्वपाका नेताहरुले भने रविलाई कारबाही नभएको भन्दै प्रचार गरिरहेका छन् । सोही प्रचारलाई लक्षित गर्दै डा ढकालले जेल जाने पक्का भएपछी लाज शरम केहीको मतलव नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भनेर भ्रम फैलाएको बताएका हुन् ।

‘जेल जाने पक्का भएपछी लाज शरम केहीको मतलव नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भनेर भ्रम फैलाएछन् । उनीलाई आफूँ बाहेक अरू कसैको केहि मतलव छैन भन्ने कुरा फेरी पुष्टी भएको छ’ उनले भनेका छन्, ‘ यिनी आफूँ जेल जाने निश्चित भयो , छानविन समितिले नामै किटान गरेर दोषि भनिसक्यो, कारवाहि सिफारिस गरिसक्यो । कम्तिमा आफैँ पढ्ने आँट गर्नुहोस् , यी स्वार्थिले तपाईंहरूको जिन्दगीमाथि पनि सोझै खेलबाड गरिराखेका छन्, होस पुर्याउनु ।’

 

प्रतिक्रिया