सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर


काठमाडौं – सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर भएको छ ।

तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो।

समितिका सातैजना सदस्यले हस्ताक्षर गरेका छन्। हिजो नै लगभग प्रतिवेदन तयार भएको भनिएको थियो र आज फस्ट आवरमै हस्ताक्षर गर्ने तयारी थियो ।

समितिका सदस्यहरू १० बजे नै सिंहदरबारस्थिति समितिको सचिवालयमा आएका थिए । तर, अन्तिम दिने क्रममा मतभेद भएको थियो ।

आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुनेछ ।

समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर) मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो ।

 

प्रतिक्रिया