माओवादीको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित


काठमाडाैं- नेकपा माओवादी केन्द्रको अवरोधपछि आजको प्रतिनिधि सभाको बैठक ३० भदौसम्मको लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले संसद अवरोध गरेको हो ।

बुधबार सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए । त्यस लगत्तै माओवादी सांसदहरूले अवरोध गरेका हुन् ।

संसदमै एमाले-माओवादीबीच चर्काचर्की​समेत भएको छ ।

प्रतिक्रिया