गृह सचिवमा दुवाडी


काठमाडौं — गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन् ।

तत्कालिन गृहसचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएपछि रिक्त रहेको गृह सचिवको जिम्मेवारी दुवाडीलाई दिइएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका दुवाडीलाई उक्त जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

यसअघिका गृहसचिव अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएपछि अन्य आकांक्षीहरुलाई पाखा लगाउँदै दुवाडीले गृहमन्त्रालयको जिम्मेवारी पाएको जनाइएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखक ढिला पुगेका कारण छलफल हुन नपाए पनि सोही दिनको निर्णय मान्ने गरी शुक्रबार दुवाडीलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया