नक्सालको टेस्ला शोरूममा आगलागी


काठमाडौं- काठमाडौंको नक्सालस्थित टेस्ला गाडीको शोरूममा आगलागी भएको छ ।

शुक्रबार दिउँसो करिब १२ बजे गाडीको शोरूममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा आइसकेको छ ।

आगलागी भएको खबरपछि काठमाडौं महानगरपालिका र प्रहरी प्रधान कार्यालयको दमकल प्रयोग गरी निभाइएको हो ।

शोरूममा रहेका गाडीहरूमा भने क्षति नपुगेको प्रहरीले जनाएको छ । आगलागी कसरी भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया