एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थी आन्दोलित


काठमाडाैं- चिकित्सा शिक्षा आयोगले एमबिबिएसलगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका छन्  ।

नतिजा सच्याउन र प्रश्नपत्रसहित विद्यार्थीले उत्तरपुस्तिकासमेत हेर्न पाउनुपर्ने माग राख्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।  उनीहरुले ओएमआर सीट, एन्सर की, प्रश्नपत्र सेट हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन् ।

आयोगले गत शुक्रबार प्रकाशित गरेको एमबीबीएस तथा शनिबार प्रकाशित गरेको पारामेडिकलको नतिजामा त्रुटि भएको थियो ।

प्रतिक्रिया