आज बिदा छैन : गृह मन्त्रालय


काठमाडौँ – गृह मन्त्रालयले आज कुनै बिदा नभएको जनाएको छ ।

कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सूचना प्रकाशन भएसँगै मन्त्रालयले सो को खण्डन गरेको हो ।

साथै विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिबारे अनुसन्धान शुरु गरी कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयका निमित्त गृह सचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

‘आज भाद्र १९ गते सार्वजनिक बिदा भनी सामाजिक सञ्जालमा मिथ्या सूचना सम्प्रेषण भएको पाइको छ । आज कुनै सार्वजनिक बिदा नभएको ब्यहोरा सबैमा जानकारी गराइन्छ’ गृह मन्त्रालयले भनेको छ ‘गृह मन्त्रालयले विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिलाई कानुनी कारवाहीका लागि नेपाल प्रहरीको साइवर ब्युरोले काम सुरु गरिसकेको ब्यहोरा समेत जानकारी गराइन्छ।’

प्रतिक्रिया