मन्त्रीकाे जिब्रोमा ब्रेक लगाइयोस् : सांसद खतिवडा


काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा उनले सञ्चारमन्त्री गुरुङ अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।  ‘म सत्तापक्षकै सांसद हुँ सभामुख महोदय । तर, माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले नेपाल प्रहरीको आइर्जीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ, यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् ’ उनले भने ।  सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरेका छन् ।

मन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आईजीपीको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए ।

मन्त्री गुरूङले गत शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । मन्त्री गुरूङले अराजक अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सचेत गराएका थिए ।

 

प्रतिक्रिया