एयर रुटको विषयमा भारतसँग बैठक गर्ने सहमति भयो : परराष्ट्रमन्त्री राणा


काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नहरूको जवाफ दिँदै भ्रमणको मुख्य उद्देश्य दुईपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउने रहेको बताइन् ।

उनले भ्रमणको क्रममा एयर रुटको बारेमा कुरा राखेको र सो क्रममा टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको उनले बताइन् । पन्चेश्वरको बारेमा सहमति लगभग अन्तिम चरणमा रहेको उनको भनाइ थियो ।

राजदूत नियुक्तिको सन्दर्भमा उनले समावेशीकरणको कमी रहेको स्वीकार गर्दै  रिक्त रहेको एक स्थानमा मधेस क्षेत्रका प्रतिनिधिलाई समावेश गर्ने प्रयास भइरहेको बताइन् ।

प्रतिक्रिया