सशस्त्र प्रहरीसम्बन्धीको विधेयक मस्याैदाबारे छलफल


काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी विधेयक, २०८१ को मस्यौदामाथि सोमबार छलफल भएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री रमेश लेखक तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थिति रहेको थियो ।

छलफल कार्यक्रममा निमित्त गृह सचिव नारायण प्रसाद भट्टराईले कार्यक्रमको उद्देश्य र विषयवस्तुमाथि प्रकाश पारेका थिए ।

यसैगरी गृह मन्त्रालय कानुन महाशाखाका सह–सचिव भरतमणि रिजाल र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालले सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को मस्यौदा प्रस्तुतीकरण गरेका थिए ।

१६ वर्षे पेन्सन अवधि, अवकाश उमेर हद, ३० वर्षे सेवा अवधि लगायतका विषयहरूमा छलफल गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारी, तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया