भैंसेपाटीको डिएमआई वाइबल स्कुलको होस्टेलमा विद्यार्थी मृत भेटिए


काठमाडौं- ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टमा  विद्यार्थी मृत भेटिएका छन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बस्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी शनिबार मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

 

प्रतिक्रिया