पूर्वराजा ज्ञानेन्द्रद्वारा ओलम्पिक पदक विजेता पलेशालाई बधाई ज्ञापन


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिस पारा ओलम्पिककी कास्य पदक विजेता पेशा गोबद्र्धनलाई बधाई तथा शुभकामना दिएका छन् ।

फ्रान्सको राजधानी पेरिसमा सम्पन्न पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक हात पारेकी पलेशालाई पूर्वराजा शाहले ६० वर्षको इतिहासमा नेपालका लागि पहिलो पदक प्राप्त गरेको खबरले आफूलाई खुशी तुल्याएको जनाउँदै खुशी तुल्याएको जनाउँदै शुभकामना दिएका हुन् ।

शाहले देशले विभिन्न चुनौतीहरुको सामना गरिरहेको वर्तमान समयमा पलेशाले अनेकौं प्रतिकूलताका बाबजुद नेपाली खेलकुद इतिहासमै ठूलो सफलता प्राप्त गरेकोले देशको गौरब बढेको समेत जनाएका छन् ।

साथै पूर्वराजा शाहले पलेशाका साथै तेक्वान्दो एशोसिएसन र तेक्वान्दो टिमलाई पनि सफलताको लागि बधाई तथा शुभकामना दिएका छन् ।

No description available.

 

प्रतिक्रिया