सिमलतालमा २ तले भारतीय बस र ट्रक ठोक्कियो, केही घाइते


काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

एआर ०१ टी ६३७२ नम्बरको डबल डेकर भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएको हो ।

उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तस्बिरः नर्बु गुरुङ्ग

प्रतिक्रिया