‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको पहिलो दिन, भक्तपुर दरबार स्क्वायरमा सर्वसाधारणसँग संवाद


भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन्। शुक्रबार बिहान ११ बजे प्रथम महिला सविता पौडेलसहित भक्तपुर दरबार क्षेत्र पुगेका उनले त्यस क्षेत्रमा झण्डै दुई घण्टा बिताए ।

प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियानअन्तर्गत ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको आज भक्तपुरबाट सुरुआत गर्दै उनले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रसहित तौमढीस्थित पाँचतले मन्दिर, आकाश भैरब क्षेत्रलगायतको अवलोकन गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेले जानकारी दिए ।

राष्ट्रपति पौडेलसँग सर्वसाधरणहरूले सार्वजनिक सेवामा सहज पहुँच पुग्न नसकेको, महँगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका थिए ।

प्रतिक्रिया