पेशागत तथा बुद्धिजीवी विभागमा देउवाले गरे १० जना मनोनीत


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पेशागत तथा बुद्धिजीवी विभागमा १० जनालाई मनोनीत गरेका छन् ।

देउवाले (संशोधन सहित) को धारा २५ (९) बमोजिम डिला सङ्ग्रौला प्रमुख रहेको विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

मनोनयन भएका सदस्यहरूमा डा. लोकनाथ दुलाल-ललितपुर, डा. विष्णु बस्याल-पाल्पा, डा. तबस्सुम सिद्दिकी(बाँके, देवराज अवस्थी-कैलाली, मनबहादुर थापा-चितवन, ई. दिलीपकुमार झा-सप्तरी, ई. मनोज घिमिरे-मोरङ, गणेश शाही(दैलेख, डम्बरबहादुर विक-पर्वत र विजय सम्बाहाम्फे-तेह्रथुम रहेका छन् ।

प्रतिक्रिया