जापानद्वारा सरकारी अधिकारीलाई छात्रवृत्ति प्रदान


काठमाडौं-  जापानले सरकारी अधिकारीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकारलाई ४१ करोड ७० लाख नेपाली रुपैयाँ बराबरको (४५४ मिलियन जापानी येन) अनुदान सहयोग उपलब्ध गराउने सम्झौता भएको हो। नेपालका लागि जापानी राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सम्झौतामा हस्ताक्षर गरे ।

अनुदानले नेपालका युवा सरकारी अधिकारीहरूलाई दुई वर्षे स्नातकोत्तर तह र तीन वर्षे डाक्टरेट स्तरको कोर्सहरू प्रदान गर्दछ ।

मानव संसाधन छात्रवृत्ति (जेडिएस)मा जापान सरकारले सन् २०१६ देखि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया