टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोज्ने दुईजना पक्राउ


काठमाडौं । गौरा पर्वको अवसरमा प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंसा)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र हाेहल्ला गर्ने दुईजना पक्राउ परेका छन् ।

सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोजेको आरोपमा सुर्खेतका  गोपीकृष्ण जैशी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

सोमबारको कार्यक्रमा उनीहरूको समूहले प्रमुख अतिथिसमेत रहेका प्रधानमन्त्री ओली र विशिष्ट अतिथि रहेका कांग्रेसका सभापति देउवा कार्यक्रममा पुग्नेबित्तिकै ‘मुर्दावाद’को नारा लगाउँदै होहल्ला गरेका थिए ।

याे पनि :

टुँडिखेल गौराको २७ वर्ष: यसपालि कसरी भयो ‘हुल्लडबाजहरु’को घुसपैठ ?

 

 

 

प्रतिक्रिया