सुनको भाउमा नयाँ रेकर्ड, एक तोलाकाे कति पुग्यो ?


काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेकाे छ । बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपियाँमा कारोबार भइरहेको छ । आज मूल्य बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ८ सय ५५ रुपियाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया