३० वर्षे सेवा अवधिः सशस्त्रका अधिकृतले दिएको रिटको सुनुवाई सकियो


काठमाडौं — सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर रिटको सुनुवाई सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासमा तेस्रो नम्बरमा परेको उक्त रिटको सुनुवाई सकिएको हो ।

गत आइतबार मात्रै सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । । उनीहरूले सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधि लागु नगर्न भन्दै अन्तरिम आदेश समेत माग गर्दै रिट दायर गरेका थिए ।

डीआईजी खत्री, दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई, एसपीहरु पूर्णबहादुर साउद, त्रिभुवन विष्ट, अशोक शाक्य, उद्धव रावलसहित १८ जना अधिकृतहरु ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया