नेपाल प्रहरीका २० कर्मचारी ‘बेपत्ता’, सम्पर्कमा नआए जागिर चट् !


काठमाडौं – नेपाल प्रहरीका २० जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी नायव निरीक्षकदेखि जवानसम्म २० जना सम्पर्कविहीन भएका हुन् ।

लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो।

उनीहरु झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ ।

गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया