साफ यू-२० च्याम्पियनसिपबाट भारत बाहिरियो, उपाधिका लागि नेपाल र बंगलादेश खेल्ने


काठमाडौँ – साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित गर्‍यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ । यसअघि नेपालले भुटानलाई टाइब्रेकरमा हराएर फाइनल यात्रा तय गरेको थियो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुट आउटमा बंगलादेशका गोलकिपरले भारतको पहिलो र पाँचौँ प्रहार रोकेका थिए । गत संस्करणमा भारतले बंगलादेशलाई नै हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया