राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरमा पूजाआराधना


काठमाडौं – राष्ट्रपति रामचन्द्र पाैडेल श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा साेमबार ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गरेका छन् ।

साे अवसरमा राष्ट्रपति पाैडेलले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र प्रसाद ग्रहण गरे । राष्ट्रपति पाैडेल पाटन कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले स्वागत गरेका थिए ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी आज देशभर भगवान श्रीकृष्णकाे पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन् ।

प्रतिक्रिया