माधव नेपालले प्रधानमन्त्री ओलीलाई लगाए संगीन आरोप, ‘राजतन्त्रसँग साँठगाँठ’


काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रसँग साँठगाँठ गरेको आरोप लगाएका छन्।

मंगलबार आफू पक्षीय विद्यार्थी संगठन अनेरास्ववियुको भेलालाई राजधानीमा सम्बोधन गर्ने क्रममा राजतन्त्रसँग साँठगाँठ गर्ने प्रयत्नलाई किमार्थ पूरा हुन नदिने नेपालको भनाई थियो।

उनले प्रधानमन्त्री ओलीलाई जनताको बहुदलीय जनवादबारे केही थाहा नभएको भन्दै केशरजंग रायमाझीसँग तुलना गर्दै अगाडि थपे,‘ओली जबजका हिमायती होइन, जबज भनेको बहुदलीय कुरा हो। बहुमतको कुरा हो, उनले माने?’

ओलीले सोधेको स्पष्टिकरणका अगाडि नझुक्ने दाबी गरेका उनले एमालेमा नेतृत्व ओलीका भए पनि विचार आफ्नोले जितेको बताए।

प्रतिक्रिया