

केपी ओली बिमाले सिमाले हुन्, एमाले त हामी हौं : माधव नेपाल

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक नेकपा एमाले भएको बताएका छन् ।
मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले पार्टी अध्यक्ष केपी ओली विमाले, सिमाले भएको भन्दै पार्टी छाडेर गए हुने टिप्पणी गरे ।
सोही प्रसंगमा नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन,’ । उनले थप भने, ‘केपी ओली बिमाले हुन् सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

