ठमेलबाट झन्डै ४ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ


काठमाडौं – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले १ किलो ८८ ग्राम कोकिनसहित ठमेलको ज्याठास्थित एक होटलबाट उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आईभोरीकोष्टका नागरिक वारामा कोन रहेका छन् ।

उनलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको एक होटलबाट पक्राउ गरेको थियो । इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्यूरोले जनाएको छ ।

निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकालेर बच्चाको खेलौनामा लुकाएर राखेको अवस्थामा ब्यूरोको टोलीले बरामद गरेको हो।

बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाख बराबर रहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

कोनले उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर ईथियोपियाबाट दोहा हुँदै काठमाडौं आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

कोनमाथि उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया