रामेछापको सैलुङमा पहिरो, २ को मृत्यु, ३ घर बगे, ५ बेपत्ता


मन्थली – रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।

पहिरोले ३ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार गएराति परेको भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा कम्तीमा ३ घर बगाएको र २ जनाको शव घटनास्थलमा निकालिएको उनले बताए ।

गएराति ११ः४५ बजे माथिबाट खसेको पहिरो परेर कम्तीमा ५ जना बेपत्ता भएको उनले बताए ।

वर्षाका कारण वडा २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाउँदा घटनास्थलसम्म पुग्न समस्या भएको उनको भनाई छ ।

 

प्रतिक्रिया