जिप दुर्घटना अपडेट: ३ जना बेपत्ता


काठमाडौँ – सिन्धुलीमा इसुजु हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका छन् ।

सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलका अनुसार शनिवार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा साँझ ५: ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुँडेल भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा गाडी चालक अविन बाँके, गाडीमा सवार प्रणीत स्यावो र बलराम भतुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको निमित्त प्रमुख जिल्ला अधिकारी फुयालले जानकारी दिए ।

उनको कुम र टाउकोमा चोट लागेको छ । कक्षपतिलाई उपचारका लागि खुर्कोट पठाइएको फुयालले जानकारी दिए । फुयाँलका अनुसार गाडी बेपत्ता भएका ३ जनाको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया