अमेरिका जाने तयारीमा प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने तयारी भएको छ ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको ओलीको न्यूयोर्क भ्रमणको तयारी चलिरहेको छ । ‘कहिले जाने ? कोको जाने भन्ने गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको छ’, स्रोतले बतायो ।

 

प्रतिक्रिया