एकातर्फी खुल्यो पृथ्वी राजमार्ग


तनहुँ – तनहुँमा खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग २४ घण्टापछि एकतर्फी खुलेको छ ।

तनहुँको घाँसीकुवास्थित राजमार्गमा खसेको ठूलो पहिरोको केही भाग हटाएर बिहीवार साँझ ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो ।

तनहुँ प्रहरीका अनुसार यही भदौ ४ गतेदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको घाँसीकुवामा बुधवार पहिरो खसेको थियो ।

प्रशासन र सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाउने काम जारी राखेका थिए । २४ घण्टामा एकतर्फी सडक खुलाउन सफल भएका हुन् ।

राजमार्ग दुईतर्फी खुलाउन तीन–चारवटा डोजर र टिपर प्रयोग गरेर पहिरो पन्छाउने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया