दामोदरकुण्ड पुगेकी सांसद बिरामी, सेनाले उद्धार गर्दै


काठमाडाैं-  मुस्ताङस्थित दामोदरकुण्ड घुम्न पगेकी गण्डकी प्रदेशकी सांसद विमला गौचन  बिरामी परेकी छिन् ।  गौचन बिरामी परेको सूचना आएपछि उद्धारका लागि सेनाको टोली पठाइएको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी गौरबकुमार केसीका अनुसार सांसद गौचनलाई पैदल नै रेस्क्यू गरेर ल्याइँदैछ । उद्धार गर्न हेलिकप्टरबाट सम्भव नभएपछि सेनाको टोली पैदलै दामोदरकुण्ड जाँदै गरेको जानकारी  केसीले दिए ।

मुस्ताङ ल्याएपछि उनको स्वास्थ्य अवस्थाअनुसार अगाडि बढ्ने केसीले बताए ।  मुस्ताङ अवलोकन गर्न निस्किएकी सांसद गौचन भदौ २ गते दामोदरकुण्ड पुगेकी थिइन् ।

 

प्रतिक्रिया