

परराष्ट्रमन्त्री आरजुविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
युवराज सफलले परराष्ट्रमन्त्री राणा प्रमाणित हुनेगरी नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएका हुन् ।
राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने उजुरीमा उल्लखे छ । उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न अख्तियारलाई भनेका छन् ।
सफलले परराष्ट्रमन्त्री डा. राणामाथि अख्तियारले छानविन नगरे अदालत जाने चेतावनी दिएका छन् ।

