टीआरसी विधेयक सच्चाउन माग गर्दै प्रदर्शन


काठमाडौं – टीआरसी संशोधन विधेयक सच्चाउन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

द्वन्द्व पीडित विभिन्न १९ वटा सङ्घ संस्थाले टीआरसी विधेयकमा रहेका कमजोरी सच्चाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

सत्य, न्याय र परिपूरण अधिकारका पक्षधर द्वन्द्व पीडित समुदायले प्रतिनिधिसभाबाट साउन २९ गते पारित संशोधन विधेयक राष्ट्रिय सभाबाट सच्चाउन माग गर्दै आज नयाँ बानेश्वरमा प्रदर्शन गरे ।

यसरी प्रदर्शन गर्नेहरूमा द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल,अपाङ्गता भएका द्वन्द्व पीडितहरूको राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल, राष्ट्रिय स्मृति सञ्जाल, माओवादी पीडित राष्ट्रिय सङ्घर्ष समितिलगायत छन् ।

प्रतिक्रिया