


ट्रकको ठक्करबाट समाजसेवी मेहताको मृत्यु

इनरुवा – सुनसरीको सदरमुकाम इनरुवा-४ बसचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ।
बुधबार साँझ दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
सामाजिक सेवामा सक्रिय मेहताको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
नोबेल अस्पतालमा उपचार गरी घर फर्कँदै गर्दा मेहता चढेको को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।।
मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ।
ठक्कर दिने सवारीका चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

