

नागढुंगामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि सयौं सवारीसाधन अलपत्र

काठमाडौं- काठमाडौंको नागढुङ्गामा सुक्खा पहिरो खस्दा सवारी दुईतर्फी आवागमन अवरुद्ध भएको छ ।
बुधबार बिहान ढुंगामाटो र रुखसहित खसेको पहिरोले अवरुद्ध सडक दिउँसो साढे ४ बजेसम्म पनि खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन अलपत्र परेका छन् ।
पहिरो खस्ने क्रम जारी रहेकाले सडकको अवरोध खुलाउन समस्या भइरहेको नागढुङ्गाका प्रहरीले जानकारी दिएकाे छ ।

