नेपालगञ्ज उडेको बुद्ध एअरको जहाज काठमाडौं नै डाइभर्ट


काठमाडौं- काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको बुद्ध एअरको विमान डाइभर्ट भएको छ । आजबिहान पौने ८ बजे उडेको उडान नम्बर बीएचए ४५१ विमान नेपालगञ्जको खराब मौसमका कारण काठमाडौं फर्केको बताइएको छ ।

६२ जना यात्रु बोकेको उक्त विमान बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

प्रतिक्रिया