टेस्ला र स्पेस एक्सका सिइओ एलन मस्कलाई मन्त्री बनाउने घोषणा


काठमाडाैं- राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते टेस्ला स्पेस एक्सका सिइओ एलन मस्कलाई मन्त्रीपरिषद्मा स्थान दिने  घोषणा गरेका छन् । सोमबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तरवार्तामा उनले यस्तो घोषणा गरेका हुन् ।

आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइने उनले बताएका छन् ।

उनले नयाँ विद्युतीय कारलाई दिँदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताइएको छ । यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ । ‘कर कर्जा वा कर प्रोत्साहन खासै राम्रो कुरा होइनन्,’ पेन्सिल्भेनियामा चुनावी कार्यक्रमपछि ट्रम्पले रोयटर्सलाई भनेका थिए ।

जुलाईमा ट्रम्पलाई मार्न भएको प्रयासमा भाग्यले उनी बाँचेका थिए । सो घटना लगत्तै मस्कले ट्रम्पलाई समर्थन गरेका थिए ।

नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पले कमला ह्यारिसको सामना गर्दैछन् ।

प्रतिक्रिया