मोटरसाइकलले ठक्कर दिँदा बलेरोमा ठोक्किएर स्कुटर चालकको मृत्यु


बुटवल — बुटवलको बेलबासमा भएको स्कुटर दुर्घटनामा एक युवतीको ज्यान गएको छ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप नम्बर नखुलेको मोटरसाइकल र एक स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँचीको सन्धिखर्ककी आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका( १२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बलेरो जिपमा ठोक्किएको थियो।

तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट सुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जिपको मुनी पुगेकी थिइन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल वरपरका सिसीटिभी फुटेज हेरेर मोटरसाईकल चालकको खोजी भइरहेको बानियाले बताए।

प्रतिक्रिया