रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु, किशोरी घाइते


रोल्पा- रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका–२ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पा अनुसार पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भई सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको हो ।

सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही चर्चमा बस्दै आएकी १८ वर्षीया नौभा घर्ती मगर घाइते भएकी छन् । घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी छ ।

प्रतिक्रिया