आज दिउँसो १ बजे संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन तथा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको संसद सचिवालायले जानकारी दिएको छ ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया