दुईवटा हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि


काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पाइएको छ  ।

रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेर बाढी आएको पाइएको हो ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ । एउटा हिमताल भने सुरक्षित देखिएको उनले बताइन् ।

प्रतिक्रिया