सुख्खा पहिरोले अरनिको राजमार्ग अवरूद्ध


काभ्रे – काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्ग सडक खण्डमा सुख्खा पहिरो जाँदा बाटो अवरूद्ध भएको छ

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार बिहान सडक खण्डमा सुख्खा पहिरो जाँदा बाटो अवरूद्ध भएको हो ।

डिएसपी राजमुकार श्रेष्ठका अनुसार शनिबार बिहान काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-८ को ५३ किलो स्थित राजमार्ग सडक खण्डमा सुख्खा पहिरो गएको थियो।

ढुंगा झरेर दुई तर्फि सडक अवरोध हुँदा बाटो अवरूद्ध भएको छ। यस्तै, घटनास्थलमा प्रहरी टोलीले स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी सडक खुलाउन पहल गरिरहेको छ ।

 

प्रतिक्रिया