१० सहसचिव र १० उपसचिवको सरुवा (सूचीसहित)


काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवाको सरकारी वकील समूहतर्फका १० जना सहसचिव (सहन्यायाधिवक्ता) र १० जना उपसचिव (उपन्यायाधिवक्ता)को सरुवा गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेको उच्च सरकारी वकील कार्यालय विराटनगरमा सरुवा भएको छ भने उच्च सरकारी कार्यालय पोखराका सहन्यायाधिवक्ता यदुनाथ शर्मा र उच्च सरकारी वकील कार्यालय धनुकुटाका सहन्यायाधिवक्ता मीना गुरुङ, उच्च सरकारी वकीलको कार्यालय ओखलढुंगाका सहन्यायाधिवक्ता दीपशिखा मुनकर्मीको सहन्यायधिवक्ताको कार्यालयमा सरुवा भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुशील देवकोटाको उच्च सरकारी वकील कार्यालय धनकुटा सरुवा भएको छ भने विशेष सरकारी वकीलको कार्यालयका उपन्यायाधिवक्ता गोपाल लामिछानेको महान्यायाधिवक्ताको कार्यालयमा सरुवा भएको छ ।

 

प्रतिक्रिया