पूर्वउपराष्ट्रपति पुनका छाेरा दीपेशसँग सहकारी छानबिन समितिले लियाे बयान


काठमाडौं- सहकारी संस्था बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दीपेश पुनसँग बयान लिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो । उनी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।

सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानूनी ढंगले कर्जा प्रवाह भएको थियो । उनीविरुद्धकाे मुद्दा विचाराधीन छ ।

गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रतिक्रिया