ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघरमा तनाव


काठमाडाैं – भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ।

जिल्ला प्रहरी परीसर भक्तपुरका अनुसार कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले नम्बर नखुलेको स्कुटरलाई ठक्कर दिँदा यात्रुको ज्यान गएको हो । ज्यान गुमाउने व्यक्तिको पहिचान खुलिसकेको छैन ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् ।

अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ । त्यहाँ बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया