
सतर्कता केन्द्रले सुरु गर्यो ट्रमा सेन्टरका तत्कालिन प्रमुख डा. रिजालमाथि छानबिन
काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय ट्रमा सेन्टरका तत्कालिन प्रमुख मे.सु. डा. बद्री रिजालमाथि छानबिन गर्ने भएको छ ।
केन्द्रले तत्कालिन प्रमुख डा. रिजालले प्रमुख हुँदा विभिन्न अनियमितताका काम गरेको भन्दै उजुरी परेपछि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
केन्द्रमा परेको उजुरीमा डा. रिजालले आफू प्रमुख हुँदा प्रतिव्यक्ति चार लाख उठाई १५ जना कर्मचारी नियुक्त गरेको, सेन्टरमा अपरेशनका लागि प्रयोग हुने किला काटी, पातालगायत आफू निकट व्यापारीसँग गैरकानुनी रुपमा व्यापार गराएको, ल्याबमा प्रयोग हुने किटहरु आफू अनुकूल स्पेसिफिकेशन बनाई ओम सर्जिकललाई दिलाएको, आफू निकटलाई एमचारआई र सिटि स्क्यान मेसिन खरिदको टेण्डर दिन नसकेपछि ट्रमाको ३५ करोड फ्रिज गराएको, ट्रमा सेन्टरका बिरामी आफू निकटको अल नेपाल भन्ने निजी अस्पतालमा उपचारका लागि पठाएको जस्ता विषयमा उजुरी परेपछि केन्द्रले कारबाही अगाडि बढाएको हो ।
केन्द्रले उक्त विषयमा छानबिनका लागि एक प्रहरी उपरिक्षक (एसपी)को संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरी ३ दिनभित्र आवश्यक काजगात बुझाउन आदेश दिएको छ ।




कागजपत्र |
