पाल्पामा हाइस दुर्घटना, ७ घाइते


बुटवल – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग२ख १२२५ नम्बरको हाइस तिनाउको जोरधारामा अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा तानसेन नगरपालिका–१० की लक्ष्मी कार्की, नवलपरासी पश्चिम सराबल गाउँपालिका–७, का राजेश गुप्ता, रामु सहानी, मेराज मन्जुरी, दीपेन्द्रकुमार कुसवाह, स्याङ्जा भीर कोट नगरपालिका–९ का तारापति रेग्मी र कास्कीको पोखरा महानगरपालिका–२२ का रमेश केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

चालक स्याङ्जाको वालिङ नगरपालिका–६ का शेखर कोइरालालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया