चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने, वायुसेवा निगमको जहाज पठाउने निर्णय


काठमाडौँ – चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढूंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए ।

खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको पनि उनले बताए ।

प्रतिक्रिया