माध्यमिक विद्यालयले नै पढाउन थाल्यो कोरियन भाषा विषय


दाङ- दाङको घोराही उपमहानगरपालिका- १० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयले कोरियन भाषा विषय पढाउन थालेको छ । इन्स्टिच्युटमा भाषा कक्षा पढेर रोजगारीका लागि ईपीएस परीक्षामा सहभागी हुने विद्यार्थीहरूको चाप बढ्दै गएको बेला सिद्धरत्ननाथ माविले यो वर्षदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय नै पढाउन थालेको हो ।

व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषाको कक्षा लिइरहेका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिए । कक्षा १२ उत्तीर्ण भएर रोजगारीका लागि कोरिया जानेहरूका लागि मात्रै नभई अहिले पढ्नका लागि पनि कोरिया जान पाउने प्रावधान भएकाले यो विषय पहिलो पटक दाङमा भित्र्याएको प्रधानाध्यापक खनालले बताए ।

विद्यालयका अनुसार मावि तहमा अङ्ग्रेजी विषय बाहेक अरू विदेशी भाषाको पढाइ भित्र्याउने सिद्धरत्ननाथ पहिलो विद्यालय बनेको छ ।

प्रतिक्रिया